भिरबाट लडेर घाइते चदारा उपचारको क्रममा मृत्यु

उमेश रोकाया


बाजुरा, पुष ०२ । जिल्लाको बडीमालिका नगरपालिका ९ चौराटाका महाबीर चदाराको उपचारको क्रममा मृत्यु भएको छ। सोही नगरपालिका ८ मा रहेको कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका चदाराको उपचारका क्रममा मृत्यु भएको हो। दाउरा काट्ने क्रममा मंसिर ३० गते भीरबाट लडेर गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।
धनगढीस्थित मायामेट्रो अस्पतालबाट उपचार सम्भव नभएको भन्दै घर पठाएपछि गृह जिल्ला ल्याउने क्रममा कैलालीको अत्तरियामा मृत्यु भएको आफन्तले बताएका छन् । जिल्ला अस्पतालमा बाजुरामा उपचार सम्भव नभएपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका लागि रिफर गरिएको भएपनि डाक्टरले उपचार सम्भव नभएको भन्दै फिर्ता गरेको बुझिएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















