सुनको मूल्य आज एकैदिन तोलामा २२ सयले घट्यो

नवलपुर टुडे
२०८१ मंसिर ३० | बिहान ११:०८ बजे

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन (शुक्रबार) छापवाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।























