Opens in a new tab

आज उपत्यकामा शनिबारको तुलनामा चिसो कम, देशभरको मौसम सफा रहने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहनेछ ।

सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ । यसैबीच, काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ। हिजो यहाँको न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । 

आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ । 

अरुपनि पढ्नुहोस

सबै

हिउँदमा किन बढ्छ चाया ?

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बङ्गुरपालनबाट मनग्य आम्दानी

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे