परासीबाट लागुऔषधसहित दुई जना पक्राउ


परासी । नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सरावल गाउँपालिका- ७ भन्सारटोल बस्ने मुवारक डफालीको छोरा वर्ष २८ को अम्जद डफाली र सोही स्थान बस्ने जाहिद अलि डफालीको छोरा वर्ष २१ को हासन डफाली रहेका छन ।
उनीहरुलाई बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवा रुपन्देही र जिल्ला प्रहरी कार्यालय, नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले रामग्राम नगरपालिका- ५ बुद्धचोक स्थित रहेको परासी अतिथि गृह एण्ड रेष्टुरेण्ट अगाडी घण्टाघरबाट बुद्धचोक तर्फ जाँदै गरेको अवस्थामा युपि ५७ ए एक्स २६८० नम्बरको मोटरसाइकल रोकी चेकजाँज गर्ने क्रममा ठूलो मात्रामा लागुऔषध फेला पारी शनिबार साझ ६ बजे नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
चेकजाँज गर्नेक्रममा मोटरसाइकल पछाडी सवार हसान डफालीले बोकेको एचपी लेखेको झोला भित्र निम्न परिणामको लागुऔषध २/२ml लेखेको डाईजेपाम ९८५ एम्पुल, २/२ml लेखेको फेनरागन ९८७ एम्पुल, २/२ml लेखेको बुप्रिनुर्फिन १००५ एम्पुल, साम्सुङ कम्पनीको मोवाईल २ थान, Gamexy कम्पनीको Keypad मोवाईल १ थान र युपि ५७ ए एक्स २६८० नम्बरको हिरो कम्पनीको स्पेन्डर मोटरसाइकल बरामद गरिएको निमित्त सुचना अधिकारी एवम प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएको छ ।
हाल आरोपित दुई जनालाई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको थापाले बताए ।






















