पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित

नवलपुर टुडे
२०८१ मंसिर २९ | बिहान ०६:०८ बजे

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी हुन् । यसैगरी निर्वाचित अर्का उम्मेदवार सविता शर्माले ४८७ मत पाउँदा उम्मेदवारहरू साहस भट्ट र नरेन्द्र मानन्धर पराजित भए ।


















