आज काठमाडौंमा यो वर्षको हालसम्मकै चिसो

नवलपुर टुडे


काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो । “हिजो यो समयमा काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस थियो । आज चिसो बढेर तापक्रम ४ मा झरेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने ।
चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने उनले बताए । रातको समयमा बादल नलागेका बेला मौसम चिसो हुने गरेको उनी बताउँछन् । “अब तापक्रम थप चिसो हुँदै जाने देखिएको छ,” उनले भने, “यो भन्दा पनि तापक्रम घट्नेछ ।”
काठमाडौंमा आज दिउँसो मौसम सफा रहेनेछ । भोलि र पर्सि भने काठमाडौंमा बदली हुनेछ । “भोलि र पर्सि भने काठमाडौंको मौसममा बदली हुनेछ,” रोजन भन्छन्, “माथिल्लो भागमा क्लाउडी भए पनि वर्षाको सम्भावना भने छैन ।”


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















