६० किलो चाँदीसहित बाराबाट एकजना पक्राउ

नवलपुर टुडे


बारा। ६० किलो चाँदीसहित एक जना बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ३६ वर्षका कर्म साह सोनार रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जमा चेकजाँचको क्रममा सोनारलाई चाँदीसहित पक्राउ गरेको हो।
सोनारले चलाएर आएको प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाइ लुकाइछिपाइ लगिरहेको अवस्थामा एक करोड दुई लाख मूल्य बराबरको चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
चाँदीसहित सोनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















