नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ

नवलपुर टुडे


सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन् । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।
डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















