मसरूम खेतीमा व्यवहारिक तालिम: इन्द्रेणी पाठशालाको शिक्षामा नयाँ आयाम
दिप्शन गुरुङ


प्रदिप सिंह
लहान । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी पाठशाला तीन वर्षको छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ। विद्यालयले धनगढी र वरिपरिका अभिभावकहरूको विश्वास जित्दै हाल हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।
विद्यालयले दैनिक एसेम्ली कार्यक्रममा क्विज प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नियमित रूपमा पुरस्कार वितरणको परम्परा सुरु गरेको छ। प्रधानाध्यापक मुक्तिलाल सहनीका अनुसार यसले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धाको भावना थपेको छ।
इन्द्रेणी पाठशालाले प्रविधिमैत्री शिक्षा प्रणालीलाई अँगाल्दै विज्ञान र प्रविधिमा आधारित पठनपाठनलाई प्राथमिकता दिएको छ। विशेषतः कक्षा ८, ९, र १० का विद्यार्थीहरूलाई विद्यालयले कृषि र स्वावलम्बनका लागि व्यवहारिक तालिम प्रदान गरिरहेको छ।
विज्ञान शिक्षक मुकेश कुमार शाहको नेतृत्वमा विद्यार्थीहरूले मसरूम खेतीका प्रयोगात्मक तालिम लिएर मात्र २३ दिनमा सफल उत्पादन गरेका छन्। यसले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गर्दै भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ।
विद्यालयले आफ्नो नवप्रवर्तनशील अभ्यास र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको मन जित्न सफल भएको छ। आधुनिक प्रविधि, व्यावहारिक तालिम, र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले गर्दा यो विद्यालय धनगढी क्षेत्रको शैक्षिक गन्तव्य बन्न पुगेको छ।
इन्द्रेणी पाठशालाले शिक्षा मात्र होइन, जीवन उपयोगी सीप र प्रविधिमैत्री दक्षता प्रदान गर्दै आएको छ। यही कारणले यो विद्यालय छोटो समयमा नै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ।
इन्द्रेणी पाठशालाले समाजमा शिक्षा र विकासको नयाँ आयाम थप्दै सकारात्मक प्रभाव पारिरहेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















