बाजुरामा अटो दुर्घटना हुँदा चालकसहित तीन जना घाईते

उमेश रोकाया


बाजुरा, मंसिर १२ । बाजुराको मार्तडीमा अटो दुर्घटनामा परेर चालकसहित तीन जना घाईते भएका छन् । साँफे मार्तडी सडकखण्डको कारागार स्थित बीरेखोलाबाट सदरमुकाम मार्तडी तर्फ आउदै गरेको सु.प.प्र.०१–००१ ह ६४८५ नम्बरको अटो अचानक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवंम् प्रवक्ता जनक बोहराले बताएका छन् ।
अटो दुर्घटनामा परेर चालक सहित तीन जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका–८ बीरेखोला बस्ने अटो चालक २३ वर्षीया गोबिन्द साउँद, सोही वडाको रापक बस्ने २० वर्षीया प्रकाश रावल र उक्त वडाका २१ वर्षीया दीपेन्द्र रावल रहेका छन् ।
उनीहरु तीनै जनाको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । सडकबाट अटो करिब २ सय मिटर तल खसेको हो । घाईतेहरुको अवस्था समान्य रहेको बताईएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















