मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

गाउँमा बिचल्लीमा परेका चार बालबालिकालाई सहयोग

उमेश रोकाया
२०८१ मंसिर १२ | मध्यान्ह ०२:०८ बजे

बाजुरा, मंसिर १२ । हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दी गाउँमा बिचल्लीमा परेका चार बालबालिकालाई सहयोग पाएका छन। हिमालि गाउँपालिका वडा नम्बर ५ बक्षाँ घर भएका हाल राेजगार सिलशिलामा बुटवल बस्दै आएका प्रकृति हेल्थकेयर सेन्टरका संस्थापक दान बहादुर मलालकाे सहयाेग मार्फत राज बहादुर मलालले गाउँमा गएर ४ वटा बिचल्लीमा भएका बालबालिकालाई प्रति जनालाई एक ट्रयाक शुट, ४ वटा कापि, ४ कलम, २ प्याकेट तेल, ३ पिस साबुन संरक्षण ६८ वर्षकी डिल्कला थापालाई जुत्ता, सल, लगायतकाे सामान सहयाेग गरिएको राज मलालले बताए।

बाजुराको अतिदुर्गम हिमाली गाउँपालिका-२ रुम्दीमा गाउँमा चार बालबालिका बिचल्लीमा परेका छन् । बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि नावालक बालबालिका बिचल्लीमा छन् । बिचल्ली भाइबहिनी बृद्ध ७८ बर्षिय डिलकला थापाको साहारामा रहेका छन् । बिचल्लीमा पर्नेमा १३ बर्षकी इस्वरी थापा, ८ बर्षकी जनिशा थापा, ७ बर्षका अन्तिमा थापा र ५ बर्षका बिबेग थापा रहेको स्थानिय मनिजङ्ग बुडथापाले वताएका छन् । झग थापाको २०७७ साल कार्तिक ७ गते उपचार हुने नसकेर अकालमै मृत्यु भएको थियो । उनकी श्रीमति शान्ता थापाले २०७८ साउनमा दोस्रो बिहे गरेर गएकी थिइन् । श्रीमानको मृत्यु र श्रीमतिले अर्को बिहे गरेपछि ३ बर्षदेखी चार बालबालिका अलपत्र परेका छन् ।

कमेन्टहरु