वीरगन्जबाट सुनसहित एकजना पक्राउ

नवलपुर टुडे


वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट १३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–८ लिंकरोडस्थित सडक खण्डबाट एक सय ग्राम भन्दा बढी सुनसहित २८ वर्षका जयप्रकाश कुमार सोनारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार अवैध रूपमा सुन ओसारपसार भइरहेको प्रहरीलाई विशेष सूचनाको आएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा सवार सोनारलाई जाँच गर्दा सो सुन बरामद भएको हो ।
प्रहरीका अनुसार बरामद भएको उक्त सुनको बजार मूल्य १३ लाख ८८ हजार ४३६ रुपैयाँ रहेको छ । सोनारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















