जनकपुरमा सम्पन्न स्टुडेन्ट इनोवेशन समिटमा ग्रीनल्याण्डलाई उपाधि
दिप्शन गुरुङ


भरतपुर । जनकपुरमा सम्पन्न दुई दिवसीय नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ मा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुल प्रथम भएको छ । मोनास्टिक स्कुलले आयोजना गरेको सम्मेलनमा ग्रीनल्याण्डको उपाधि जितेको हो ।
उपाधिसँगै स्कुलले ‘बेस्ट मार्केटिङ अवार्ड’ पनि प्राप्त गरेको छ । विजेता विद्यार्थीहरुलाई स्कुलले एक कार्यक्रम गर्दै स्वागत गरेको छ । कार्यक्रममा ३५ विद्यालयबाट कक्षा ६ देखि कक्षा १२ सम्मका तीन सय ५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।
ग्रीनल्याण्ड गत वर्ष पनि उक्त कार्यक्रममा प्रथम भएको थियो । स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीले विद्यार्थीहरुको लगनशिलताले लगातर यो उपाधि हात पारेको बताउनुभयो । फरक प्रदेशमा सहभागी लगातर दुबै वर्ष उपाधि जित्नु आँफैमा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले स्कुलले पाठ्यक्रमसँगै यस्ता अतिरिक्त क्रियाकलापलाई सधैं जोड दिँदै आएको उहाँले बताउनुभयो ।
विद्यालय स्तरीय उद्यमशीलता र नवचारको संस्कृति स्थापित गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । एनवाइइएफ जनकपुर च्याप्टर र मोनास्टिक स्कुलको संयूक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।
विद्यालयका विद्यार्थीहरुलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनका लागि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने मोनास्टिक स्कुलका निर्देशक डा. सोनु साहले बताउनुभयो । कार्यक्रममा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरु उपस्थित रहेका थिए । यस हाटबजारमा विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरु प्रदर्शन गरी प्रदर्शनी तथा विक्री वितरण गरेका थिए । यस हाट बजारमा ८० स्टलको व्यवस्थापन गरिएको थियो भने सहभागी विद्यार्थीहरुले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गरेका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















