रुख काट्ने क्रममा च्यापिएर घाइते दुई जनालाई हेलिकप्टरमार्फत उद्धार

उमेश रोकाया


बाजुरा, मंसिर १०। हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर घाइते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा गम्भिर घाइते भएका सोहि ठाउँका अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनारलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार कादुरी संस्थाले पैसा तिर्ने गरी नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार गरिएको छ । उनका अनुसार उनीहरुको उद्धारका लागि हिजो नै हेलिकप्टरको पहल भएपनि साँझ परी सकेकाले रोकिएको थियो ।घाइते दुवै जनाको हिजो राति स्वास्थ्यकर्मीको टोलिले घरमै उपचार गरेको र अहिले थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सोहि घटनामा घटनास्थलमै ज्यान गुमाएका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याउने तयारी भइरहेको जनाएको छ ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















