जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
दिप्शन गुरुङ
29


मनाङ । जाडो मौसम सुरु भएसँगै मनाङका नदी, खोला र ताल जम्न थालेका छन् । मनाङका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् ।
चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।
मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर
नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बाबजुत पनि मनाङका ताल हेर्न पर्यटक आउने क्रम जारी छ ।
हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेको छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिउँले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरू चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेका पाइएको छ ।

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस
२०८३ कार्तिक ३० | मध्यान्ह ०४:०७ बजे

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
२०८३ कार्तिक ३० | मध्यान्ह ०४:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी
२०८३ कार्तिक ३० | मध्यान्ह ०४:०७ बजे

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण
२०८३ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?
२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे












