रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘जाहेरी लिएर हामीले अनुसन्धान थालेका छौं ।’ सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् ।
प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पुरक जाहेरीको आधारमा थप अनुसन्धान गरिने एसपी मिश्रले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















