अपराध

भैरहवाबाट अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ मंसिर ४ | मध्यान्ह ०७:०८ बजे

बुटवल, मंसिर ४ । रुपन्देहीबाट अनलाई सट्टेवाजी(जुवा) मा संलग्न भएको आरोपमा १४ जनालाई पकाउ गरेका छन । पक्राउ पर्नेमा भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थाना बस्ने बर्ष ३३ को साहिल सोडा, भारत उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुर बस्ने बर्ष १८ को श्याम गुप्ता, भारत उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्ट बस्ने बर्ष २० को रवि जैशवाल र भारत हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिस बस्ने बर्ष २४ को अनुराग सिंह छन ।

त्यस्तै भारत हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिस बस्ने बर्ष १९ को नितेश बर्मा, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थाना बस्ने बर्ष २१ को दिपक जैशवाल, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिस बस्ने बर्ष २२ कको रजत कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्ट बस्ने बर्ष १८ को लक्की जैशवाल, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थाना बस्ने बर्ष २१ को सतेन्द्र कुमार र सोही स्थान बस्ने बर्ष २५ को अबधेश कुमार रहेका छन ।

त्यस्तै भारत उत्तर प्रदेश गोरखपुर जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थाना बस्ने बर्ष १८ को मोहित कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्ट बस्ने बर्ष २० को प्रियान्सु जैशवाल, सोही स्थान बस्ने बर्ष १९ को मनिष पासवान र भारत उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्ट बस्ने बर्ष २५ को शिवम सिंह रहेको प्रहरी जानकारी दिएको छ ।

उनीहरुलाई मंगलबार विहान अन्दाजी ४ बजे सिद्धार्थनगर नगरपालिका- ३ सगुनिपथ स्थित अस्फाक आलमको घरमा अनलाईन गेम मार्फत (जुवा सट्टाबाजी) अबैध रुपमा सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।

उनीहरुले Whatsapp समेतको माध्यमबाट Tiger Group, Shiv Group, Vinayak Group बनाई क्रिकेट, फुटवल, टेनिस, हक्की, हर्स रेस लगायतका गेमहरु LORDS EXCHANGE, ALL PANEL, ALL PANEL777, SAFFARON, TAJ007, CLASSICCEXCH99, GOEXCH9 लगायतका Web Site हरुबाट अबैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) संचालन गरीरहेको अवस्थामा सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु (ल्यापटप, मोवाईल) सहित फेला पारी पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक नवीन पौडेलले जनाएको छ ।

उनीहरुको साथबाट बिभिन्न कम्पनीको मोवाईल सेटहरु ४० थान, बिभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थानसमेत बरामद गरिएको छ । पक्राउ पर्ने सबै जनालाई जिल्ला आदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको पौडेलले बताए ।

कमेन्टहरु