अपराध

रुकुममा श्रीमतीद्वारा पतिको हत्या

नवलपुर टुडे
२०८१ मंसिर ४ | बिहान ०९:०८ बजे

रुकुम । रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलले दीपालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

 

कमेन्टहरु