झापामा रड प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ

नवलपुर टुडे


झापा । हत्या गरेको आरोपमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार राति ९:२० बजे बाह्रदशी गाउँपालिका-५ फुलबारीका ४५ वर्षीय गंगालाल माझीको हत्या आरोपमा सोही ठाउँका २६ वर्षीय मानकुमार राजवंशी पक्राउ परेका हुन्।
झापा प्रहरीका अनुसार गएराति दुई जनाबीच विवाद भएपछि राजवंशीले माझीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। रड प्रहारपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएकोमा ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो।
घटनापछि राजवंशीलाई प्रहरीले फलामे रडसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















