झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

नवलपुर टुडे


झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धमाउन गएका भट्टराईलाई हात्तीले आक्रमण गरेको हो।
‘हात्तीले भट्टराईलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी चन्दले नेपालखबरसँग भने, ‘अहिले इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।’
झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई वर्सेनी दुःख दिँदै आएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















