परियार मित्रता समाज कतारको आयोजनामा भोलि ( शुक्रबार ) रक्तदान कार्यक्रम हुँदै
दिप्शन गुरुङ
२०८१ कार्तिक २९ | मध्यान्ह ०८:०७ बजे

रामएकवाल राम
दोहा । परियार मित्रता समाज कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम हुँने भएको छ ।
“रक्तदान जीवन दान”भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । भोली नोभेम्बर १५ तारिख शुक्रबार कतारको सरकारी हमाद अस्पतालको “ब्लड डोनर सेन्टर” मा उक्त कार्यक्रम हुन लागेको समाज कतारका अध्यक्ष सुमन परियारले जनाएको छ।
रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिनु हुन संस्थाका अध्यक्ष सुमन परियारले अनुरोध गरेका छन।
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहेको आयोजक संस्था परियार मित्रता समाज कतारले जनाएको छ ।























