कृष्णनगर प्रहरीकाे अर्काे सफलता ठुलाे मात्रामा लागूओैषधसहित एक जना पक्राउ

कपिलबस्तु । कपिलवस्तु जिल्लाकाे कृष्णनगरमा लागूओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ परेका छन । कृष्णनगर प्रहरीले लागूओैषधकाे अहिलेसम्मकै ठुलाे परिमाणमा बरामद गरेकाे हाे ।
कृष्णनगर वडा ३ हनुमानगढी नजिकै शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ पैदल हिडदै गरेका झण्डेनगर बस्ने बर्ष १९ का सिकन्दर चौहानलाई खानतलासी गर्दा तेह्र हजार ट्रमाडाेल क्याप्सुल बरामद गरेकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनु भएकाे छ ।
चाैहानले बाेकेकाे प्लास्टिक बोरा खानतलासी गर्दा छ सय पचास पत्ता ट्रमाडाेल कुल १३ हजार क्याप्सुल बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे ।
उनको साथबाट ओैषधसहित एक थान माेबाइलसमेत बरामद गरिएकाे छ भने निज चाैहानलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे निरिक्षक खत्रीले बताउनुभयाे ।
जिल्ला मै अहिलेसम्मकाे यति ठुलाे मात्रामा लागुओैषध बरामद गरिएकाे याे घटना पहिलाे पटक रहेकाेले प्रहरी निरिक्षक सुरज खत्रीकाे कार्यकुशलताकाे चाैतर्फी प्रशंशा भईरहेकाे छ ।
विगतमा पनि दर्जनौं व्यक्तिलाई चरेस, ब्राउन सुगर लगायतका लागूओैषध बरामद गरेर कराेबारीहरुकाे सिन्डिकेट भत्काउन कृष्णनगर प्रहरी सफल भएकाे छ ।






















