गाडी दुर्घटना गराएर प्रकाश भुजेल फरार, दुई जना घाइते

नवलपुर टुडे


काठमाडौं । ‘भाइरल झाँक्री’ प्रकाश भुजेल गाडी दुर्घटना गराएर फरार भएका छन् । शंखरापुर नगरपालिका–९ इन्द्रायणीमा गाडी दुर्घटना गराएर उनी फरार भएका हुन् । गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको छ।
मोटरसाइकल र स्कुटर ठोक्किएपछि जोगाउन खोज्दा उनको गाडी अनियन्त्रित भएर घरमा ठोक्किएको बताइएको छ। गाडी उनी आफैले चलाएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका र सामाजिक सञ्जालमा छाइरहने भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । फरार भएका प्रकाश भुजेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















