कतार एअरवेजले भोलिदेखि भैरहवामा नियमित उडान गर्ने

नवलपुर टुडे


भैरहवा, कात्तिक २६ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको छ । भोलि (मंगलबा) देखि दैनिक रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको हो ।
कतार एअरवेजले भोलिदेखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण गरेपछि भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँ उड्ने र सोही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ ।
कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् । भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















