अपराध

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

नवलपुर टुडे
२०८१ कार्तिक २५ | बिहान १०:०७ बजे

काठमाडौँ, कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन लागेको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो ।

कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।

 
 

कमेन्टहरु