सुरुङ् खनेर भागेको केही समयपछि उनलाई प्रहरीले सप्तरीले गोबरगाड़ाबाट पक्राउ गरेर सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाएको थियो। त्यहाँबाट पनि उनी २०७२ वैशाख १२ गते राति भागेका थिए। यादव भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानीगञ्जमा वहिनीको घरमा बस्ने गरेको सूचना पाएसँगै सुनसरी प्रहरीले निगरानी बढाउँदै आएको थियो। जसमा भारतबाट नेपालमा छठमनाउन आउने क्रममा नेपाल भारत सिमा नजिक कोशी गाउँपालिका वडा नं. ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी कोशी ब्यारेज सुनसरीको संयुक्त टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए।
उनलाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा घुँडामुनि एक राउण्ड फायर गरेको र उनी आतिएर ढलेकाले गर्दा पक्राउ गर्न सहज भएको तिमल्सिनाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
यादव र उनका साथी श्यामकुमार यादवले सुनसरी साविक प्रकाशपुर वडा नं. ६ का पलबहादुर कार्कीको छोरा ३९ वर्षका केशव कार्कीलाई २०६५ वैशाख १६ गते गोली प्रहार गरी घाईतेबनाएका थिए। कार्कीको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।
उनलाई कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट २० वर्ष आठ महिना १४ दिन सजाय फैसला भएको छ।

























