उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन नेपाली कांग्रेसको निर्देशन

नवलपुर टुडे


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो ।
पार्टी महामन्त्री एवं समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खँदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए ।
उनले भने, ‘म देशभरिका पार्टी पंक्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालीनताका साथ, जिम्मेवारी बोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौँ । यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ ? त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ ।
त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिस्पर्धा तर प्रतिस्पर्धी दलहरूसँगको, उम्मेदवारहरूसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ ।’ महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरू राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
















