दीपक मनाङे सम्पर्कविहीन

नवलपुर टुडे


काठमाडौँ, कात्तिक २१ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएपछि पूर्वमन्त्री मनाङे सम्पर्कविहीन भएका हुन् ।
केही दिनअघि कास्कीमै रहेका उनी कैद फैसला सुनाएपछि सार्वजनिक ठाउँमा देखिएका छैनन् । झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि हिजो (मंगलबार) न्यायालयले अन्तिम फैसला गरेको हो । फैसलालगतै कार्यान्वयनको लागि प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।
मनाङे हाल दोषी करार भएको मुद्दाको घटना २०६१ वैशाख ३१ को हो । मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलनको देब्रे हात खुँडाले हानेर छिनाएका थिए । घटनापछि चक्रे मिलन छिनेको हात बोकेर अस्पताल पुगेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















