अपराध

रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नवलपुर टुडे
२०८१ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

पोखरा, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति दिएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति रविलाई तेस्रोपटक थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति दिएको हो ।

रविलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो ।

पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

 
 

कमेन्टहरु