पोखरामा रविका समर्थकमाथि अश्रुग्यास प्रहार

नवलपुर टुडे


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रेका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
जिरो किलोमिटरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट निस्किएको विरोध र्यालीले सृजनाचोक हुँदै वाइचोकमा पुगेर नाराबाजी गरेको थियो । वाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरबितर पार्न ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कात्तिक ४ गतेदेखि पोखराको शहीदचोक र जिल्ला प्रहरी कार्यालय कास्की आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ । शहिदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी छ ।
जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















