अपराध

कास्की जिल्ला अदालतले म्याद नथपे पनि रवि रिहा नहुने

नवलपुर टुडे
२०८१ कार्तिक २० | बिहान ११:०७ बजे

रुपन्देही । पूर्व गृहमन्त्री रवि लामिछानेलाई  रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की अदालतले गर्ने निर्णय हेरेर आवश्यक रणनीति बनाउने भएको छ। आज कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही ल्याउने, यदि म्याद नथपिएमा रुपन्देहीबाट यस अघि भएको पक्राउ पुर्जाको आधारमा पक्राउ गरी रुपन्देही ल्याउने योजनामा प्रहरी रहेको छ।

रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले कास्की अदालतले  दिने आदेशको आधारमा छठपछि ल्याउने कि आज भोलि ल्याउनेमा भर पर्ने रातोपाटीलाई बताए । उनले  भने –’कास्की अदालतले म्याद थपेमा छठपछि रुपन्देही ल्याइने छ, नथपेमा यहाँबाट जारी भए पक्राउ पुर्जीको आधारमा आज  या भोलि रुपन्देही ल्याउँछौँ ।’  यससँगै रवि लामिछानेलाई कास्की अदालतले थुनामुक्त गरे पनि पुनः रुपन्देही प्रहरीले पक्राउ गर्ने देखिएको छ । फलतः लामिछाने तत्काल हिरासतमुक्त नहुने देखिएको छ । 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ ।  उक्त रकम अपलचनमा रविलाई सङ्गठित ठगीको आरोप लागेको छ। उनलाई प्रहरीले विमानबाट ल्याउने र करिब दुई, तीन दिनमा बयान सक्ने  योजना बनाएको छ । सोही प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशीलाई पनि कास्कीबाट रुपन्देहीको ल्याएर बयान लिएको थियो ।

कमेन्टहरु