मुस्ताङबाट ८ लाख ५२ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

नवलपुर टुडे


जोमसोम । मुस्ताङ प्रहरीले जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ ५:३० बजे जुवातास खेलिरहेका १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले नगदसहित पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा अधिकांश घरपझोङ-२ मार्फाका छन्।
मुस्ताङको घरपझोङ-२ मार्फास्थित एक रेष्टुरेन्टको कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको १५ जनाको प्रहरीले होटलमा छापा मारेको थियो। प्रहरीले होटल भित्र २ वटा कोठाबाट ८ बुक ताससहित ८ लाख ५२ हजार ८ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।
उनका अनुसार जुवातासको खालबाट पक्राउ परेका व्यक्तिहरू उपर आवश्यक छानबिनसहित अनुसन्धान भइरहेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















