जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

नवलपुर टुडे


जुम्ला । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।
कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए । यहाँका आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















