Opens in a new tab

भाइटीकाको दिन साढे ९ लाखसहित जुवा खेल्ने १५ जना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनाइलाई पक्राउ गरेको छ। आइतबार बिहान पौने ५ बजे सुनसरी बराहक्षेत्र नगरपालिका- ३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक पर्शुराम राई र इप्रका पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालसहित १४ जनाको प्रहरी टोली परिचालन कार्कीको घरमा छापामारी उनीहरूलाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए। 

जुवा खालबाट ८ लाख ६६ हजार ५ सय नगद बरामद गरिएको डीएसपी तिम्सिनाले बताए। त्यस्तै पक्राउ परेकाहरुको साथबाट एकलाख एक हजार ५ सय नगद गरी जम्मा ९ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको उनले बताए। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।