Opens in a new tab

अवैध ५ लाखभन्दा बढीको चामलसहित एक जना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

गौर । अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गौर नगरपालिका–१ भन्सार चौकमा प्रदेश २–०३–००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको थियो।

जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको छ। गाडी चालक माधवनारायण नगरपालिका–२ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।

चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे