अपराध

तनहुँमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक १८ | बिहान ०५:०७ बजे
फाइल तस्बिर

दमौली । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक पासवानले भने, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”  यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो । 

 
 

कमेन्टहरु