नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपति यादवको विश्वास

नवलपुर टुडे


काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वद्र्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताए ।
नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रुपमा रहेको नेपाल संवत्को स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धुमधामका साथ मनाउनुपर्ने बताए।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौं उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
















