बालुवाटारबाट रास्वपाका १७ नेता-कार्यकर्ता पक्राउ

नवलपुर टुडे
२०८१ कार्तिक १३ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ । बालुवाटार घेराउ गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटार घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सांसद अशोककुमार चौधरीसहित १७ जना नेता-कार्यकर्ता पक्राउ परेको रास्वपाले जनाएको छ । निषेधित क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालुवाटार प्रधानमन्त्री निवास क्षत्र भएकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र तोकेको छ । सोही कारण देखाउँदै उनीहरुलाई पक्राउ गरिएको हो । सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।






















