नवलपरासीबाट चोरीका सामानसहित तीन जना पक्राउ


नवलपरासी, कार्तिक १२ । पश्चिम नवलपरासीमा चोरीको सामानसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका- ४ बस्ने बर्ष ३७ को तिलक बहादुर थापा क्षेत्री, बर्दघाट नगरपालिका- ४ बस्ने बर्ष ३४ को बिजय हरीजन र बर्दघाट नगरपालिका- १ बस्ने बर्ष २१ को अरुण बि.क. रहेका छन । घटनामा ४ जना संलग्नता रहेको अनुसन्धानमा खुलिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई असोज २३ गते राति बर्दघाट नगरपालिका- ४ बाढिपिडित बस्ने राधा बगालेको घरमा कोही नभएको अवस्थामा चोरी गरिएको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी टोलीले शंका लागि नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजहरुले चोरी गरिएको र चोरी गरिएको नगद, सुन र सामान बाँडेर लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
निजहरु मध्ये बर्दघाट नगरपालिका- ४ बाढीपिडित बस्ने तिलक बहादुर थापा क्षेत्रीको साथबाट टेक्नो कम्पनीको मोवाईल थान १, नगद रु. ८२००/- र, ध २ प ६०६४ नम्बरको मोटरसाइकल बरामद भएको हो । भने अरुण बि.क. को साथबाट लु ३४ प १४४० नम्बरको मोटरसाईकल बरामद गरिएको छ ।
घटनामा संलग्न मध्ये दिलसन क्षेत्री फरार रहेका छन । उनको खोजी कार्य भैईरहेको छ, भने । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप भई चोरी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक नारायण थापाले बताए ।























