रौतहटमा तस्करीको सामानसहित २ जना पक्राउ

नवलपुर टुडे


रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले तस्करीको विभिन्न सामानसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई कपडा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















