गौरबाट विभिन्न ब्रान्डको ४३ थान अवैध मोबाइलसहित २ जना पक्राउhttps://nawalpurtoday.com/88636/

नवलपुर टुडे


रौतहट । रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडक खण्डबाट प्रहरीको गस्ती टोलीले भन्सार छली ल्याएको विभिन्न ब्रान्डको ४३ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २५ वर्षीय नितेश पटेल र २२ वर्षका सचिन पटेल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
ग ५ प ७२७१ नम्बरको मोटरसाइकलमा शुक्रवार साँझ सीमाक्षेत्र बाट आउँदै गरेका पटेलद्वयलाई शङ्का लागेर बम नगर स्थित अस्थायी प्रहरी पोष्ट को टोलीले चेकजाँच गर्दा उनीहरूले भारत बाट अवैध रूपमा ल्याएको ४३ थान मोबाइल बरामद गरिएको प्रवक्ता राय ले जानकारी दिएका छन्।
बरामद मोबाइल मोटरसाइकलसहित दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















