अपराध

नवलपुरको देवचुलीमा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक १० | बिहान ०९:०७ बजे

कावासोती, कार्तिक १० । नवलपुरमा धारिलो हतियार प्रहारबाट एक जनालाई घाईते बनाई फरार रहेका ब्यक्तिलाई पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा देवचुली नगरपालिका- ९ बस्ने बर्ष ३० को अर्जुन नेपाली रहेका छन । उनलाई कावासोती नगरपालिका- १६ डण्डाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको कार्यालयका सुचना अधिकारी जेशी शाहले जानकारी दिएको छ ।

उनले गएराति देवचुली नगरपालिका- ९ निशालटार बस्ने बर्ष २९ को मिलन मानन्धरलाई धारिलो हतियार पेटमा प्रहार गरी घाईते बनाएर फरार भएका थिए ।

घाईते मानन्धरको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको शाहले बताए ।

कमेन्टहरु