रौतहटबाट सशस्त्र प्रहरीको टोलीले पेस्तोल र गोलीसहित २ जना पक्राउ

नवलपुर टुडे


रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले नलकटुवा पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
शुक्रवार साँझ गुजारा नगरपालिका ३ धन्सार गेट नजिकै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको संयुक्त टोलीले ज४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा मोटरसाइकलमा सवार चमार र बनियाको साथ बाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको एसपी हुमागाईंले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















