दाङमा बालिका बलात्कार आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

नवलपुर टुडे
२०८१ कार्तिक ९ | बिहान ०९:०७ बजे

दाङ । दुई बालिका बलात्कारको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका अवसरमा सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको पिङ खेल्न पुगेका दुई बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगरलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई प्रहरीले बलात्कार गरेको जाहेरी परेपछि बुधबार पक्राउ गरिएको हो ।
उनीहरूलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीले बलात्कार गरेको भन्दै स्थानीयले गण घेराउ तथा प्रदर्शन गरेका थिए । लामो समय स्थानीयले दबाब दिएपछि सशस्त्र प्रहरीले बुधबार आफैं आरोपितलाई प्रहरीको जिम्मा लगाएको हो ।






















