भारतबाट नेपाल ल्याइन लागिएको ५ बोरा पटका बरामद

नवलपुर टुडे


रौतहट । हिन्दुहरूको महान् पर्व दीपावली तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन् । झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार घोडासहनबाट लुकिछिपी ल्याएर सीमा संग जोडिएको लक्षमिनिया गाउँका विकेश जैसवालको घरमा भण्डारण गरी राखिएको ५ बोरा पटका बिहीबार बरामद गरिएको हो।
एसएसबीको डीआईजी कार्यालय मुजफरपुरका प्रवक्ता डीएसपी बिनित कुमार सिंहका अनुसार तस्कर विकेश जैसवालले नेपालमा तस्करीको माध्यमले पठाउन ठूलो परिमाणमा पटका भण्डारण गरिराखेको सूचनाको आधारमा छापामारी एको हो । बरामद पटका आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको तथा थप अनुसन्धान भइरहेको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। तिहार र छठ पर्व नजिकिँदै जाँदा तस्करहरूले रौतहट, बारा लगायतको विभिन्न नाकाबाट लुकाई छिपाइ पटका राजधानी काठमाडौँसम्म पुर्याउने गरेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















