रुपन्देहीमा छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

नवलपुर टुडे
२०८१ कार्तिक ६ | मध्यान्ह ०२:०७ बजे

बुटवल । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ ।
सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ । सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालत अगाडि रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् ।
प्रहरीले सरकार वकिलको कार्यालय अगाडि विरोध गर्न नदिएपछि अदालत अगाडि पुगेर विरोध गरेको पीडित संर्घष समितिले संयोजक विजय नेपालले बताए ।























