अपराध

रवि पक्राउ प्रकरण : थुनछेक बहस सकियो, आदेश आउन बाँकी

नवलपुर टुडे
२०८१ कार्तिक ४ | मध्यान्ह ०५:०७ बजे

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ । शुक्रबार पक्राउ परेका रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।

कमेन्टहरु