कोहलपुरको होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

नवलपुर टुडे


बाँके । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्दक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । असोज २७-२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । २ दिनपछि प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।
१२ वर्षीया नाबालिगलाई ५ जनाले ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् ।
२७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्याइएको थियो । पहिलो दिन २ जना र भोलिपल्ट बाँकी होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।
घटनापछि फरार ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरूलाई आज अदालत पेश गर्ने तयारी छ । पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको र उनको शारीरिक अवस्था खतरामुक्त तर कमजोर रहेको डीएसपी भण्डारीले बताए ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















