राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आइपुगे

उमेश रोकाया


धनगढी । बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आइपुगेका छन् । बिहिबार बिहान यहाँ आइपुगेका राष्ट्रपति पौडेल केही समयमा बडिमालिका दर्शन गर्ने जाने कार्यक्रम रहेकाे जनाइएकाे छ । राष्ट्रपति पौडेलकाे बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्रिबेणी नगरपालिकाका अनुसार बिहान बडिमालिका दर्शन र त्यसपछी नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएकाे छ ।
भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे पनि छन् । राष्ट्रपति पाैडेल आज नै काठमाडौं फर्कनेछन् । असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगीत गरिएको थियो । बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जनाइएकाे छ ।
बडीमालिकाको दर्शनसंगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटन कार्यक्रम तय गरिएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भइ उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेकाे त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















