Opens in a new tab

सवारी दुर्घटना गराई भागेका चालक पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ। निजका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पु¥याई फरार भएका प्रहरीले जनाएको छ। निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।